राजनीति

वरिष्ठ नेता डा. कोइराला र महामन्त्री थापाबिच भेटवार्ता, आगामी महाधिवेशनमा एक हुने सङ्केत

१६ जेठ, काठमाडौँ। नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबिच आज भेटवार्ता भएको छ। 

उनीहरूबिच ११ महिनापछि कोइराला सम्पर्क कार्यालय विशालनगरमा भेटवार्ता भएको हो। 

पछिल्लो समय दुई नेताबिच ११ महिना भेट नबहेको बुझिएको छ। आजको भेटले आगामी महाधिवेशनमा दुई नेताको प्रभाव बढ्ने आंकलन गरिएको छ । दुई नेताबिचको सम्बन्ध चिसिएको अड्कल गरिएको बेला आज संवाद भएको हो। 

उनीहरूबिच केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण गर्ने समयमा कसलाई मन्त्री बनाउने भन्नेबारे छलफल भएको थियो। 

आजको बैठकमा उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार पनि सहभागी थिए।