१७ जेठ, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले थप निषेधित क्षेत्र घोषणा गरेर आफुहरुलाई उत्साहित बनेको बताएका छन्। आज शनिवार पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सरकार राजावादी आन्दोलनसँग डराएको बताएका हुन्।
एक दिनअघिसम्म निषेधित क्षेत्र नरहेको स्थानलाई राजसंस्था पक्षहरूको प्रदर्शनका कारण निषेधित क्षेत्र घोषणा गर्नुले सरकार डराएको पुष्टि भएको उनको दाबी छ। आफूहरूको दुई दिनकै आन्दोलनका कारण सरकार डराएर कमजोर हुँदै गएको छ भन्ने कुराको प्रमाण थप निषेधित क्षेत्र घोषणा गर्नु भएको बताए।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले हिजो शुक्रवार नारायणहिटी दरबार आसपासलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।