१७ जेठ, काठमाडौं।भारतको गुवाहाटीमा भारी वर्षापछि आएको बाढीले यस क्षेत्रको जन–जीवन प्रभावित भएको जनाइएको छ ।
एक स्थानीयका अनुसार गुवाहाटीमा तीन–चार दिनदेखि वर्षा भइ बाढी आएको कारण प्रभावित क्षेत्रका जनताले भोग्नुपरेको समस्या तथा कठिनाइको समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।
“तीन–चार दिनदेखि निरन्तर वर्षा भइरहेले पानी जम्मा हने स्थानमा सरकार उपस्थित भई जनताको समस्या समाधान गर्नुपर्ने उनले बताए।
भारी वर्षापछि आसमको कामरूप (मेट्रो) जिल्लामा पहिरो जादाँ पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । आसम राज्यको विपद् व्यवस्थापन प्राधिकरणको रिपोर्टले पनि घटनाको पुष्टि गरेको छ । एएसडिएमएको रिपोर्ट अनुसार शनिबार सम्म तीन जिल्लाहरू बाढीबाट प्रभावित भएका छन् । प्रभावित जिल्लाहरू कामरूप, कामरूप (मेट्रो) र कछार हुन् । यहाँका १० हजार १५० जना मानिस प्रभावित भएका छन् ।
आसमका मुख्य मन्त्री हिमांता विश्व शर्माले शुक्रबार गुवाहाटीको लोक सेवा भवनमा आयोजित पत्रकार सम्मेलनमा गुवाहाटीको स्थिति राम्रो नभएको जनाएका छन्।
उनले सरकारले अवस्थाको निगरानी गरिरहेको र असम, मेघालय र अरुणाचल प्रदेशमा भारी वर्षाका कारण ठुलो क्षेत्र प्रभावित भएको बताए। आइतबार राज्य सरकारका सबै कर्मचारीहरूले विशेष अनुमति पाउने तथा विद्यालय र कलेजहरू बन्द रहनेछन् र निजी प्रतिष्ठानहरूलाई सुरक्षित उपायहरू अवलम्बन गर्न मुख्यमन्त्री शर्माले सुझाए।
आसमका मुख्यमन्त्रीले पनि पत्रकार सम्मेलनमा मेघालयका मुख्यमन्त्रीलाई पाहाडको बाढी पहिरोको मस्याबारे छलफल गरेको र बाढीले दुवै राज्य र गुवाहाटी सहरलाई असर गरिरहेको बताए ।