प्रदेश 1

कांग्रेसको पहलमा साकेला पार्क, पिण्डेश्वर र बुढासुब्बा मन्दिरमा सोलार बत्ति

१७ जेठ, काठमाडौँ । नेपाली कांग्रेसको पहलमा धरानको पार्क र मन्दिरलाई सोलार बत्ति प्रदान गरिएको छ । धरान १७ स्थित साकेला पार्क र धरान १४ स्थित पिण्डेश्वर मन्दिर तथा बुढासुब्बा मन्दिरलाई एक÷एक थान गरी जम्मा तीन थान सोलार बत्ति कांग्रेसको पहलमा वैकल्पिक उर्जा प्रबन्ध केन्द्र मार्फत प्रदान गरिएको हो ।
नेपाली कांग्रेसका क्षेत्र नं. १, सुनसरीका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेशसभा १(१) का सभापति अनिल श्रेष्ठ, धरान नगर सभापति श्याम पोखरेल, प्रदेशसभा १(१) सचिव राजेन्द्र राई, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, धरान १४ का जनप्रतिनिधि वडा सदस्य रामकुमार तामाङ लगायतले सोलार बत्ति हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा सोलार बत्तिका लागि प्रभावकारी समन्वय र पहल गरेको भन्दै प्रदेशसभा १(१) की कोषाध्यक्ष रमिना सुब्बा गुरुङलाई क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ र धरान नगर सभापति श्याम पोखरलले विशेष धन्यवाद व्यक्त गरेका थिए । उनीहरुले पिण्डेश्वर बाबा धाम समितिका अध्यक्ष विकास बनेपाली, बुढासुब्बा मन्दिर संभार एवम् संरक्षक परिषदका सचिव पंकज आले र किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईलाई सोलार हस्तान्तरण गर्दै मन्दिर तथा पार्कमा व्यवस्थापन समिति र सर्वसाधारणको निमित्त आवश्यकता महशुष गरी सोलार बत्तिको प्रबन्ध गरिएको बताएका थिए ।
सो अवसरमा नेपाली कांग्रेसका प्रदेशसभा १(१) की कोषाध्यक्ष रमिना सुब्बा गुरुङले आफुुले समन्व्य र पहल गर्दा उर्जा मन्त्री दिपक खड्का र उहांको सचिवालय तथा वैकल्पिक उर्जा प्रबन्ध केन्द्रका कर्मचारीहरुवाट राम्रो सहयोग पाएको भन्दै धन्यवाद र खुशी व्यक्त गरेकी थिईन् ।
सोलार बत्ति हस्तान्तरण कार्यक्रममा बोल्दै पिण्डेश्वार बाबा धाम समितिका अध्यक्ष विकास बनेपाली, श्री बुढासुब्बा मन्दिर संभार एवम् संरक्षक परिषदका सचिव पंकज आले र किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले आफुहरुको आवश्यकतालाई बुझेर सोलार बत्तिको प्रबन्ध गरेर अति नै सह्रानीय कार्य गरेको भन्दै नेपाली कांग्रेस पार्टी र नेताहरुलाई धन्यवाद र आभार व्यक्त गरेका थिए ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले २ वर्षको वारेन्टी भएको १÷१ सय गरी २ सय वाटको प्यानल, ७५ एम्पियरको व्याट्री, बत्ति, पोल लगायतका आवश्यक सामाग्री हस्तान्तरण गरिएको र वैकल्पिक उर्जा प्रबन्ध केन्द्रका कर्मचारीहरुले नै जडान गरिदिने समेत बताएका थिए ।