१८ जेठ, काठमाडौँ। बैङ्कको रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैङ्कका संस्थापक अध्यक्ष राजेन्द्र वीर रायलाई सीआइबीको टोलीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ बलहियाबाट पक्राउ गरेको हो। सल्यान घर भएका राय हाल बाँकेको नेपालगन्ज महानगरपालिका वडा नम्बर २० मा बस्दै आएका थिए।
कर्णाली विकास बैङ्कका संस्थापक अध्यक्ष रायमाथि ४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोप छ । बैङ्कमा भएको अपचलनको अनुसन्धान प्रक्रिया अघि बढेपछि उनी फरार भएका थिए ।
हिजो शनिवार पक्राउ परेका रायलाई बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको असुरमा नेपाल राष्ट्र बैङ्कको समन्वयमा थप अनुसन्धान सुरु गरिएको बताइएको छ।