स्वास्थ्य

भारतमा कोरोना सङ्क्रमण उच्च, ४८ घण्टामा २१ जनाको ज्यान गयो 

१८ जेठ, काठमाडौँ।  छिमेकी राष्ट्र भारतमा कोरोना सङ्क्रमण बढेको छ।  भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा तीव्र कोरोना सङ्क्रमण बढ्दै गएको हो। 

 हालसम्म  कोरोना सङ्क्रमणको सङ्ख्या ३ हजार ७८३ पुगेको सञ्चारमाध्यमहरूले बताएका छन्।  गएको दुई दिनमा २१ जनाको ज्यान गएको छ भने गएको २४ घण्टामा एक हजार जना सङ्क्रमण थपिएका छन्। 

 सबैभन्दा बढी केरलामा १ हजार ४ सय जना सङ्क्रमित भएका र महाराष्ट्रमा ४८५ र दिल्लीमा ४३६ कोरोनाका बिरामी रहेको सञ्चारमाध्यमले जनाएका छन्।

 ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा तुरुन्तै परीक्षण गर्न भनिएको छ।