समाचार

नेता कार्यकर्ता पक्राउपछि राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक

१८ जेठ, काठमाडौँ। राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आज भएको प्रदर्शनका क्रममा आफ्ना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेपछि थप रणनीति बनाउन बैठक बोलाएको हो।  

आज बालुवाटार क्षेत्रबाट आन्दोलनमा सहभागी भएका राप्रपा नेपालका अध्यक्ष कमल थापा तथा पार्टीका सांसद दीपक सिंहलगायत आठ जनालाई प्रहरीले पक्राउ गरेपछि आकस्मिक बैठक बोलेको हो। 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना नेता कार्यकर्तालाई तुरुन्त रिहा नगरे भोलि देखि उपत्यका बन्द गर्ने चेतावनी दिएका थिए।