१८ जेठ, काठमाडौँ । भोली काठमाडौँ उपत्यका बन्द गर्ने राजावादीहरूले घोषणा गरेका छन् ।
आजको काठमाडौंको राजावादीहरूको प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कल थापा, दीपक सिंहलगायतका नेताहरू पक्राउ परेपछि राजावादीहरूले जेठ १९ गतेका दिन उपत्यका बन्द गर्ने घोषणा गरेका छन् ।
राजसंस्था र हिन्दु राज्य स्थापनाको माग गर्दै आन्दोलनका संयोजक नवराज सुवेदीले भोली उपत्यका बन्द गर्ने विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले केही दिनका लागि दरबारमार्गमा केही स्थानमा कर्फ्यु आदेश जारी गरेको छ भने आजबाट आन्दोलनको गति परिवर्तन भएको देखिन्छ ।