समाचार

सार्वजनिक यातायात खुलाउन व्यवसायी र सरकारबिच वार्ता

१९ जेठ, काठमाडौँ।  सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको भन्दै देशव्यापी रुपमा सार्वजनिक यातायात बन्द गरेर आन्दोलनरत  यातायात व्यवसायी र सरकारबिच वार्ता सुरु गरेको छ। 

गृहमन्त्री रमेश लेखकको पहलमा अहिले सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच गृह मन्त्रालयमा वार्ता र छलफल सुरु भएको हो। 

सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिले गरेको बन्दको कारण आज देशैभरि सार्वजनिक यातायात सेवा प्रभावित बनेको छ। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आह्वानमा व्यवसायीहरूले देशैभरि सार्वजनिक यातायात नचलाए पछि  काठमाडौँ उपत्यकाका सडकहरूमा यात्रुहरू गन्तव्यमा पुग्नको लागि सवारी साधन कुरेर बसेको देखिन्छ। 

निजी सवारी साधन सञ्चालन भए पनि सार्वजनिक बस, माइक्रो बस र टेम्पोहरु सडकमा देखिदैनन। ठुला सवारी साधनले अस्तव्यस्त हुने सडक आज भने छाप केही कम भएको देखिन्छ।