राजनीति

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

१९ जेठ, काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा(माओवादी केन्द्र)को संसदीय दलको बैठक दलको दल कार्यालय सिंहदरबारमा सुरू भएको छ।

बैठककमा संसदमा प्रस्तुत आव २०८२/८३ को बजेट तथा सासामयिक विषयमा छलफल गरिने बताइएको छ। भोली मंगलबार संसद बैठक बस्ने तालीका छ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको माओवादी केन्द्रसहितका विपक्षी दलहरुले राजीनामा माग गरेका छन्। बजेट ल्याउन दिए पनि संसद्का अन्य काममा उनीहरूले अवरोध गरिरहेका छन्।