राजनीति

भ्रातृ संस्थाको समयावधि अन्तिम पटक थप्ने काँग्रेसको निर्णय

 १९ जेठ, काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठकले  भ्रातृ संस्थाको अवधि अन्तिम पटकका लागि फेरि थप्ने निर्णय गरेको छ । आज सोमबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले  यस्तो निर्णय गरेको हो। 

सभापति देउवा भ्रातृ संस्थाको तदर्थ समितिको पदावधि थप्ने पक्षमा देखिए पछि आजको बैठकले यस्तो निर्णय गरेको बताइएको छ। भ्रातृ संस्थालाई भङ्ग गरेर जाँदा अर्को समस्या आउने भन्दै समयावधि थप गरिएको हो। 

आजको बैठकले असोजसम्मको समय सीमा दिएर उक्त अवधिमा महाधिवेशन गराउनेतर्फ अग्रसर हुने पनि बैठकको निर्णय छ। भ्रातृ संस्थाको निर्वाचन नहुँदा अन्योल बनेको थियो।  आजको यस निर्णयले केही समयको लागि भ्रातृ संस्थाको महाधिवेशन टरेको छ।