राजनीति

सांसदहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन :भोलि संसद् बैठक अवरोध हुँदैन, तयारी अवस्थामा रहनुस्  

 १९ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को अवरोध खुलाउन  आफूले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालसँग कुरा गर्न खोजेँ पनि अध्यक्ष  दाहाल सम्पर्कमा आउन नचाहेको आरोप लगाएका छन्। 

आज सोमबार एमाले संसदीय दलको बानेश्वरमा बसेको बैठकमा सम्बोधन गर्दै उनले  अध्यक्ष दाहाललाई धेरै खोजेको तर उनी सम्पर्कमै आउन नचाहेको बताएका हुन्। 

प्रधानमन्त्री ओलीले आफूले भोलि संसद् चलाऊँ भनेर  सम्पर्क गर्न खोजेको तर अध्यक्ष दाहाल  सम्पर्कमा आउन नचाहिरहेको भन्दै गुनासो गरेका हुन्।  बैठकमा प्रधानमन्त्री ओलीले संसद् अवरुद्ध नहुने जिकिर गरे। उनले भोलि संसद् बैठक सुचारु हुने भन्दै तयारी अवस्थामा रहन सबै सांसदहरूलाई निर्देशन समेत दिएका छन्। 

ओलीले गृहमन्त्रीको राजीनामा माग्ने विषयलाई नचाहिने विषय भन्दै टिप्पणी गरे। उनले त्यस्ता कुराले संसद् अवरुद्ध गर्न नहुने उनको भनाइ छ।