अन्तर्राष्ट्रिय

आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी विस्थापित

१९ जेठ, काठमाडौं ।क्यानडाका अधिकारीहरूले जङ्गलमा लागेको आगलागीका कारण क्यानाडाका तीन प्रान्तका २६ हजारभन्दा बढी बासिन्दाहरू विस्तापित भएको जनाएका छन् । उनीहरुका अनुसार आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

शनिबारसम्म म्यानिटोबाका लगभग १७ हजार, अल्बटाका एक हजार ३०० र सास्काचेवानका करिब आठ हजार मानिसहरूलाई त्यहाँबाट सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको जनाइएको छ । अधिकारीहरूले विस्थापितको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।

आगलागीका कारण उत्पन्न धुवाँले क्यानाडा र अमेरिकाका केही सीमावर्ती राज्यहरूमा वायु प्रदूषण बढाएको जनाइएको छ ।

अमेरिकाका उत्तरी डकोटा, मोन्टाना, मिनेसोटा र दक्षिण डकोटाका केही क्षेत्रहरूमा हावाको गुणस्तर खतराको स्तरमा पुगेको जनाइएको छ ।