१९ जेठ, काठमाडौँ । प्रमुख दलका तीन शीर्ष नेताहरू सिंहदरबारमा छलफल जुटेका छन्।
छलफलमा प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबिच छलफलका लागि जुटेका हुन्।
छलफल अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सुरु हुने बताइएको छ।।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको भन्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेको सन्दर्भमा सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरू छलफलमा जुटेका हुन्। गृहमन्त्रीले राजीनामा नदिएसम्म सदा चल्न नदिने विपक्षी दलहरूले बताइरहेका छन्।
लगातारको संसद् अवरोधदेखि समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेताहरू जुट्न लागेको बताइएको छ। संसद् बैठक भोलि बस्दै छ।