१९ जेठ, काठमाडौँ । शीर्ष तीन दलका नेताहरूबिच सिंहदरबारमा भेट वार्ता सुरु भएको छ। भेटमा अन्य नेताहरूसहित गृहमन्त्री रमेश लेखक पनि छलफलमा सहभागी बनेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको प्रमुख दलका शीर्ष नेताहरूको छलफलमा प्रधानमन्त्री ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी छन्। छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी छ।
छलफलमा गृहमन्त्री लेखक, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, महेन्द्र राय यादव, देव गुरुङ, हितराज पाण्डे पनि सहभागी छन् ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनका लागि तयार हुनुपर्ने प्रमुख विपक्षी दल माओवादी केन्द्रसहितका विपक्षी दलको अडान यथावत् रहेको छ। सोही विषयमा छलफल गर्न नेताहरूको बैठक भइरहेको हो।