१९ जेठ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारीले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ। आज सोमबार अख्तियारले उनी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
उनी विरुद्ध १ करोड ८ लाख ३८ हजार ३ सय २ रुपैयाँ ५७ पैसा बिगो दाबी गर्दै अख्तियारले मुद्दा हालेको हो।
सोडारी नेकपा एकीकृत समाजवादीका सांसद रहेका थिए। । उनले ०८१ वैशाख ६ गतेदेखि ०८१ साउन २० गतेसम्म सुदूरपश्चिमको मुख्यमन्त्री कार्यभार सम्हालेका थिए।
कैलाली क्षेत्र नम्बर ४(१) बाट प्रदेश सांसदमा दोस्रो पटक निर्वाचित सोडारीले प्रदेश सरकारमा सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए।