१९ जेठ, काठमाडौं । इरानका शीर्ष कूटनीतिज्ञ र आणविक कार्यक्रमका प्रमुख वार्ताकारले सोमबार कायरोमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए) का निर्देशकसँग भेटवार्ता गर्ने इजिप्टको विदेश मन्त्रालयले जनाएको छ ।
त्रिपक्षीय बैठक इरानका विदेश मन्त्री अब्बास अराघची, उहाँका इजिप्टका समकक्षी बद्र अब्देलट्टी र आइइएका प्रमुख राफेल ग्रोसीबीच हुने मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।
इरानले आणविक हतियारका लागि आवश्यक युरेनियमको भण्डारण बढाएर ६० प्रतिशत बनाएको संयुक्त राष्ट्रसङ्घीय निकायको प्रतिवेदन सार्वजनिक भएपछि उहाँहरूबीच भेट वार्ता हुन लागेको हो ।
कायरोको भ्रमणका क्रममा अराघचीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसीलाई भेट्ने योजना पनि बनाएको जनाइएको छ ।
उनले ओमानको मध्यस्थतामा पाँच चरणको वार्तापछि सम्भावित आणविक सम्झौताको लागि अमेरिकाबाट प्रस्ताव प्राप्त भएको बताएका छन्।