सामाजिक सञ्जाल

एमाले छाडेका रावलले पृथ्वी नारायण शाहसँग जोडेर गरे ओली निकट सूर्य थापाको प्रशंसा

१९ जेठ, काठमाडौँ ।  नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले नेकपा एमालेका नेता सूर्य थापाको प्रशंसा गरेका छन् । नेता थापाले नवनियुक्त गभर्नर विश्व पौडेललाई नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न दिएको सुझावको प्रशंसा गर्दै नेता रावलले सूर्य थापालाई देशभक्तिपूर्ण अभिव्यक्ति दिएको भन्दै प्रशंसा गरेका हुन् । 

समितिका सभापति समेत रहेका थापाले पृथ्वी नारायण शाहको तस्बिर नेपाली नोटमा राख्नुपर्ने राष्ट्रवादी विचार राखेपछि पूर्व गृहमन्त्रीसमेत रहेका रावलसहित सर्वसाधारणबाट प्रशंसा आइरहेको छ ।  रावलले केही महिनाअगाडि प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट हुँदै नेकपा एमाले छाडेका थिए । एमाले छाडेपछि रावलको एमालेका नेताहरूको पहिलो प्रशंसा भएको हुनसक्ने राजनीतिक व्यक्तिहरू बताउँछन् । 

नेता रावलको भनाई: 

प्रतिनिधिसभाका सदस्य सूर्य थापाले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाह र विश्व शान्तिका अग्रदूत गौतम बुद्धको तस्बिर नेपालको कागजी मुद्रामा राखिनु पर्छ भनी राख्नुभएको देशभक्तिपूर्ण प्रस्तावको समर्थन गर्दै सह्राना गर्दछु।सिक्कामा पनि ती महान् विभूतिहरूको तस्बिर रहनुपर्छ ।