समाचार

भिजिट भिसा प्रकरणमा मुछिएका सहसचिव भट्टराईको बयान लिँदै अख्तियार 

 २० जेठ ,काठमाडौँ।  भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन विभागका प्रमुख तथा सहसचिव तीर्थराज भट्टराईको बयान सुरु भएको छ। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  जेठ १८ गते बाट बयान लिन थालेको हो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन भएको अनियमितताको घटना बाहिरिए पछि उनी पक्राउ परेका थिए। अख्तियारले उनलाई जेठ १८ गते उपस्थित हुने सर्तमा छोडेको थियो। 

भिजिट भिसामा चर्को असुलीको सूचनाको आधारमा अख्तियार अध्यागमन विभागमा जेठ ७ गते छापा मारेको थियो। सोही दिन उपसचिव भट्टराई पनि पक्राउ परेका थिए। यस घटनामा सरकारमा गृहमन्त्री रमेश लेखक समेत संलग्न भएको आरोप लागिरहेको छ।  गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आएका छन्।