२० जेठ ,काठमाडौँ। राजावादीहरूले आज सिफलचौरबाट प्रदर्शन गर्ने भएका छन्। सरकारले एक पछि अर्को निषेधित क्षेत्र जारी गर्दै गएपछि उनीहरू सिफल चौरमा भेला हुन लागेका हुन्।
राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग राख्दै उनीहरूले जेठ १५ गतेबाट आन्दोलन सुरु गरेका थिए। राजावादीहरूले यस अघि बालुवाटार क्षेत्रलाई केन्द्र बनाएर आन्दोलन गर्दै आएका थिए तर सरकारले चक्रपथ भित्र प्रदर्शन र आन्दोलन गर्न नपाउने सूचना जारी गरेपछि उनीहरू सिफलमा कार्यक्रम गर्न लागेका हुन्।
राजावादीहरूले हिजो जेठ १९ गते आन्दोलनका कुनै पनि कार्यक्रम गरेका थिएनन्। उक्त दिन राजा वीरेन्द्रको वंश नास भएको दिन उनीहरूले शोक मनाउने भन्दै कुनै कार्यक्रम नगरेका हुन्।