२० जेठ ,काठमाडौँ। संसद् बैठक बस्नु अघि प्रतिपक्षी दलहरूको बैठक बसेको छ। अहिले संसद् भवन नयाँ बानेश्वरमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालको कार्यकक्षमा बैठक बसिरहेको हो।
प्रतिपक्षी दलमध्ये राप्रपाबाहेक संविधान र गणतन्त्र पक्षधर संसद्मा प्रतिनिधित्व गर्ने दलहरू बैठक सहभागी छन्।
आज बस्ने संसद् बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने कार्यसूची छ। तर, भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका प्रतिपक्षी दलहरूले सदन चल्न दिने सम्भावना भने न्यून छ।
आजको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय गर्न बैठक बसेको हो। बैठकले आधिकारिक निर्णय गर्ने छ।