२० जेठ ,काठमाडौँ। यातायात व्यवसायीहरूले सहमति अनुसार यातायात सञ्चालन नगरेको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आपत्ति जनाएका छन्। उनले सरकार र यातायात व्यवसायीहरूबिच सहमति बने पनि व्यवसायीहरूले सहमति पालना नगरेको बताएका हुन्।
सरकार र यातायात व्यवसायीहरूबिच गए राती पाँच बुँदे सहमति भएको थियो। यातायात व्यवसायीहरूले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट गण्डकी प्रदेशलाई पत्र गएपछि मात्रै यातायात सञ्चालन गर्ने अडान लिएपछि आज पनि यातायात सञ्चालन नहुँदा यात्रुहरू मर्कामा परेका छन्।
राइड शेयरिङलाई व्यवस्थित गर्ने काम भइरहेको छ, जनताले सुविधा पनि पाइरहेका छन् । तर त्यसलाई नियमन गर्नुपर्छ भन्नेबारे सरकारले काम गरिरहेको मन्त्री दाहालको भनाई छ।