राजनीति

विपक्षीदलको तीन बुँदे निष्कर्ष: गृहमन्त्रीको राजीनामा अनिवार्य (यस्तो छ तीन बुँदा)

 २० जेठ ,काठमाडौँ। आज बसेको विपक्षी दलको बैठकले तीन बुँदे निष्कर्ष निकालेको छ। प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यकक्षमा भएको छलफलले गृहमन्त्रीको राजीनामा अनिवार्य भएको भन्दै तीन बुँदा तयार पारेको हो। 

 भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा उनीहरूले छोडेका छैन भने भिजिट भिसा प्रकरणमा २०६४ पश्चातको समय देखि हालसम्म भएका गृहमन्त्रीहरूको पनि छानबिन गर्नु पर्ने अर्को माग थपेका छन्। 

उक्त तीन बुँदे निष्कर्ष लिएर नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक सभामुख देवराज घिमिरेसँगको छलफलमा सहभागी हुन गएछन्। 

सभामुखले सदनको अवरोध खुलाउनेबारे दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै छन्। उनीहरूले उक्त बुँदा सभामुखसँग छलफल गर्ने भएका हुन्। 

हेर्नुहोस् प्रतिपक्षादलाहरुको तीन बुँदा:-

१- उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले बि स श्रम ऐन २०६४ आए पश्चातको समय देखि हाल रहनुभएको गृहमन्त्रीको कार्यकालसम्मको “भिजिट भिसा प्रकरण” सम्बन्धित छानबिन/आयोग बनाउने र यसलाई सधैँको लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने। 

२- आवश्यक  छानबिन गर्नको लागि मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्री ज्यू ले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्छ।  

३- यसबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्री ज्यू ले सदनमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने।