समाचार

संसद् बैठक दुई बजे, विपक्षी दलको अडान कायमै  

 २० जेठ ,काठमाडौँ ।  आज ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक २ बजेको लागि सारिएको छ।  भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको अडान कसेका विपक्षी दलहरूसँग सभामुख देवराज घिमिरेले सहमतिको प्रयास गरिरहेका कारण बैठक २ बजेका लागि सारिएको हो। 

सभामुख घिमिरेले आजै विपक्षी दलहरूसँग छलफल गरेका थिए। उनले सदनमा गृहमन्त्रीले आफ्ना भनाइ राख्ने वातावरण बनाइदिन आग्रह गरेको बताइएको छ। 

सभामुख घिमिरेले अजै सत्ता पक्ष र विपक्षी दलका प्रमुख सचेतकहरू सँग छुट्टाछुट्टै छलफल समेत गरेका थिए।