२० जेठ ,काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड एनसीएचएल बीच एनपीएस–एनसीएस तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।
सम्झौतापत्रमा मञ्जुश्री फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पदम ठकुल्ला र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
यस अनुरूप मञ्जुश्री फाइनान्सले अब नेपाल पे कार्डमा ग्राहकको कार्ड इस्यु र अक्वायर गर्न सक्ने छ ।
एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्विचबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्टका लागि एक सेन्ट्रल कार्ड स्विचका रूपमा स्थापना गरिँदैछ ।
यस प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबार लागत घटाउने, डाटा लोकलाइजेसन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरूको विकास तथा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ