२० जेठ, काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिंग्देनले माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको उक्साहटमा स्वर्गीय राजा वीरेन्द्रको दीप प्रज्वलन कार्यक्रममा वाईसियलले अवरोध गर्न खोजेको आपत्ति जनाएका छन् ।
उनले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा भएको अनर्गल प्रचार भ्रम भएको बताउँदै राजा र हिन्दु धर्मको लागि सुरु गरिएको राप्रपाको आन्दोलन निष्कर्षमा नपुगुन्जेलसम्म जारी रहने बताएका छन् ।
