समाचार

संसद्मा बोल्न पाउनु पर्ने गृहमन्त्रीको अडान

२१ जेठ, काठमाडौँ । भिजिट भिसा प्रकरणमा आफू माथि उठेका विषयका बारे गृहमन्त्री रमेश लेखकले संसद्मा जवाफ दिने बताएका छन्। 

आज बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आफूले जवाफ दिन पाउनु पर्ने बताएका हुन्। 

सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेपछि उनले यस विषयमा संसद्मै बोलेर जबाफ  दिने र समितिमा जवाफ दिँदा सबै सांसदहरूले जवाफ नपाउने जिकिर गरेका हुन्। 

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आएका छन्।  हिजो मङ्गलवार पनि बस्दै नबसी संसद् बैठक स्थगित भएको थियो।