समाचार

माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा विरुद्धको मुद्दाको सुनुवाइ आज

२१ जेठ, काठमाडौँ । पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुने भएको छ। काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा सापकोटामाथि अनुसन्धान हुनुपर्ने मागसहित लामाकी पत्नी पूर्णिमाया लामाले दिएको रिट माथि सुनुवाइ हुने भएको हो। 

सापकोटा विरुद्ध निवेदन १४ वर्षभन्दा बढी समयदेखि सर्वोच्चमा रिट परेको थियो। सो मुद्दाको पछिल्लोपल्ट यसको सुनुवाइ गत फागुन २८ गते भएको थियो भने त्यसपछि हेर्दाहेर्दैमा राखिएको थियो। 

द्वन्द्वकालीन अवस्थामा माओवादीको एक समूहले २०६२ वैशाख १६ गते काभ्रेको दाप्चास्थित श्रीकृष्ण माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको भेलाबाट उठाएर अर्जुन लामालाई बेपत्ता पारेको आरोप छ। लामा स्थानीय व्यापारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए।