रोजगारी

प्राध्यापक र सहप्राध्यापक पदका लागि त्रिविद्वारा दरखास्त आह्वान: कहिलेसम्म दिन सकिन्छ त दरखास्त ?

२१ जेठ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले प्राध्यापक र सहप्राध्यापक पदका लागि  दर्खास्त आह्वान गरेको छ।  विभिन्न सङ्कायमा त्रिविले आन्तरिक तथा खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो।

विश्वविद्यालयले प्राध्यापक पदका लागि दरखास्त दस्तुर ३,५०० रुपैयाँ र सहप्राध्यापक पदका लागि ३,२०० रुपैयाँ निर्धारण गरेको छ। इच्छुक तथा योग्य उम्मेदवारहरूले यही जेठ २७ गते देखि असार ३० गतेसम्म दरखास्त दिन सक्ने भनिएको छ।  दोब्बर दस्तुर तिरेर साउन ५ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ। 

यस  भर्ना प्रक्रिया विभिन्न सङ्काय र विभागमा रिक्त रहेका पदहरू पूर्तिका लागि गरिएको बताइएको छ । यसबारे विस्तृत विवरण आयोगको वेबसाइट tusc.tu.edu.np मा हेर्न सकिने छ।