समाचार

संसद् खुलाउन सभामुख र विपक्षी दलका प्रमुख सचेतक छलफलमा 

२१ जेठ, काठमाडौँ ।  भिजिट भिसा प्रकरणमा  गृहमन्त्रीको राजीनामा मागिरहेका विपक्षी दलहरू र सभामुख देवराज घिमिरेबिच छलफल भइरहेको छ।  प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सभामुखले संसद् भवनमै विपक्षी तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका हुन्। 

छलफलमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार र एकीकृत समाजवादीका नेता सहभागी छन्।  

यस छलफल पछि सभामुखले सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गर्दै छन्।  

भिजिट भिसा प्रकरणमा विपक्षीहरूले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कसेका छन् भने उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताउँदै आएका छन्।