समाचार

संसद बैठक सवा तीन बजे, सहमतिको प्रयास जारी 

२१ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको बैठक  सवा तीन बजेको लागि सरेको छ । सहमतिको प्रयास भइरहेकाले आज दिउँसो १ बजे बस्ने गरी कार्यसूची तयार भएको बैठक  सूचना टाँस गरेर सारिएको हो। 

भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको प्रतिपक्षी दलले संसद् अवरोध गराउँदै आएका छन् । सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भिजिट भिसा प्रकरणमा न्यायिक वा संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखेसँगै मङ्गलबार पनि बैठक अवरुद्ध भएको थियो ।