२१ जेठ, काठमाडौँ । नेपाल शिक्षक सङ्घको नेतृत्वले आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेको छ। शिक्षा ऐन जारी गर्न पहल गरिरहेका शिक्षक नेताहरूले सभापति देउवालाई भेटेर सहमति अनुसार शिक्षकमा माग पुरा गर्न आग्रह गरेको बुझिएको छ।
सो भेटघाटमा शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुबेदी पनि सहभागी थिए। शिक्षक नेताहरूले सभापति देउवालाई भेट गरेर आफ्ना माग समयमै सम्बोधन गरिदिन आग्रह गरेको बुझिएको छ।
२९ दिन लामो शिक्षक आन्दोलन पछि सरकार र महासङ्घले विद्यालय शिक्षा ऐन आगामी असार १५ गते जारी गर्ने सहमति गरेका थिए। सोही सहमति अनुसार ऐन जारी गर्न सहयोग गर्न होस् भन्नका लागि सङ्घको टोली देउवा भेट्न पुगेको हो।