२१ जेठ, काठमाडौँ । आज एक बजेलाई बोलाइएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ। संसद् सचिवालयले सूचना टाँस गरेर भोली एक बजे बस्ने गरी स्थगित भएको जनाएको हो।
भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको प्रतिपक्षी दलले संसद् अवरोध गराउँदै आएका छन् ।
सत्तारुढ नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भिजिट भिसा प्रकरणमा न्यायिक वा संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखेसँगै सहमति नबनेपछि आज पनि स्थगित भएको हो।