२१ जेठ, काठमाडौँ । आफ्नै नेता कार्यकर्ताबाट नाराबाजी भएपछि राजावादीहरूको बैठक भाँडिएको छ। आज संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको संयोजकत्वमा बसेको बैठक स्थगित भएको हो।
राजसंस्था पुनर्स्थापना र हिन्दुराष्ट्रको माग गर्दै जेठ १५ गतेबाट सुरु भएको आन्दोलन एक हप्ता पुरा भएपछि दोस्रो चरणको कार्यक्रम घोषणा गर्न बैठक बसेको हो तर, नेतृत्व परिवर्तनको माग राख्दै बैठकमा सहभागीहरूले नाराबाजी गरेपछि संयोजक सुवेदीले बैठक स्थगित भएको बताएका थिए। बैठकमा संयुक्त जनआन्दोलन समितिमा आबद्ध ४४ राजनीतिक दल, समूह र अभियानका प्रतिनिधिहरूलाई बोलाइएको बताइएको छ ।
बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित भएपछि उनको उपस्थिति बिना बैठक अगाडी बढ्न नसक्ने भन्दै सहभागीहरूले विरोध गरेका हुन्।