२२ जेठ, काठमाडौँ। पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाको मुद्दाबारे सर्वोच्च अदालतले गरेको फैसलाका छलफल गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक बसिरहेको छ। अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा केही बेर अघिबाट बैठक सुरु भएको हो।
आजको बैठक पूर्व सभामुख समेत रहेका सापकोटा विरुद्ध सर्वोच्चले द्वन्द्वकालीन मुद्दामा छानबिन अघि बढाउन गरेको आदेश, अवरुद्ध भएको संसद्को बैठकसाथै अन्य समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भइरहेको बताइएको छ।
बुधवार सर्वोच्च सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन अघि बढाउन आदेश दिएको थियो।