२२ जेठ, काठमाडौँ। भिजिट भिसा प्रकरणमा अवरुद्ध भएको संसद् खुलाउनेबारे छलफल गर्न प्रतिपक्षी दलहरू छलफलमा जुट्ने भएका छन्। तीन दिन देखि लगातार अवरुद्ध भएको बैठक खुलाउनेबारे थप रणनीति बनाउन आज विपक्षी दलको बैठक बस्न लागेको हो।
बैठक अहिले केही बेरमा बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दल सहभागी हुनेछ। गृहमन्त्री रमेश लेखकलाई बोल्न दिने तर छानबिन समिति बन्ने सुनिश्चितता विपक्षी दलहरूले खोजिरहेका छन्।
साथै भिजिट भिसा प्रकरणमा अख्तियारले गरिरहेको छानबिन गरिरहेको छ। गृहमन्त्रीकै सचिवालय संलग्न भएका समाचार आइरहेको सन्दर्भमा गृहमन्त्रीले नै मार्ग प्रशस्त गर्नुपर्ने विपक्षी दलहरूको अडान छ।