२२ जेठ, काठमाडौँ। तीनकुने घटनामा पक्राउ परी रिहा भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा प्रतिनिधिसभाका निलम्बित सांसद धवल शमशेर राणा अदालतको सम्पर्क भन्दा बाहिर रहेको खुलेको छ। अदालतमा मुद्दा दायर पछि सम्पर्कमा आउने सर्तमा छाडिएको भए पनि उनीहरू दुवै जना अझै सम्पर्कमा नआएका हुन्।
मिश्र र राणा सम्पर्कमा नआएपछि उनीहरूलाई जिम्मा लिन जमानी बसेका दुई वकिललाई जरिवाना तिराइएको छ। उनीहरूलाई जनही ५० हजारको दरले जरिवाना तिराइएको प्रहरीको भनाइ छ।
मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार अनुसन्धान अधिकृतले जरिवाना तोक्ने सक्ने व्यवस्था उल्लेख छ । जिम्मा लिने व्यक्तिले अदालतमा उपस्थित नराएको अवस्थामा जरिवाना गर्न सकिने व्यवस्था ऐनमा रहेको छ ।
जेठ २ गते प्रहरीले वकिलको जिम्मा लगाएर मिश्रलाई छाडेको थियो । भने वैशाख ७ गते राणा हिरासत मुक्त भएका थिए। उनीहरू विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएर बयान लिन सुरु गरिएको छ तर,उनीहरू सम्पर्कविहीन भएका हुन्।