समाचार

पूर्वप्रधानमन्त्री माधव नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर, सांसद पद समेत निलम्बन

२२ जेठ, काठमाडौँ। पूर्व प्रधानमन्त्री माधव नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीलगायतलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पूर्व प्रधानमन्त्री नेपालले पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको अख्तियारले आरोप लगाएको छ। यसअघि लेख समितिले समितिमा आएको कुनै पनि प्रतिवेदन अध्ययन नै नगरी सिधै अख्तियारमा पठाएको थियो। समितिका सभापति ऋषिकेश पोखरेलले समितिमा आएका प्रमाणहरू अख्तियारमा पठाउन निर्देशन दिएका थिए। 

 सोही प्रतिवेदन अख्तियारले अध्ययन गरेर मुद्दा चलाउने निर्णय गरेसँगै विशेष अदालतमा आज बिहीबार मुद्दा पेस गरेको हो । अख्तियारले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भए गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो ।