समाचार

पतञ्जलि जग्गा प्रकरण: माधव नेपाल एक्लैलाई १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग 

२२ जेठ, काठमाडौँ।  पतञ्जलि जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई  १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग दाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । उनी सहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको हो। 

मुद्दा दायर भएका अन्य ९२ जनाको हकमा भने फरक फरक बिगो माग दाबी गरिएको छ।