आर्थिक

नबिल बैङ्कको सीईओ बने मनोज ज्ञवाली

२२ जेठ, काठमाडौँ। नबिल बैङ्कको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवालीलाई नियुक्त गरेको छ । आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो ।

 ज्ञवाली अब आगामी चार वर्षका लागि नबिल बैङ्कको सीईओ भएर काम गर्ने छन् । यसअघिका सीईओ ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले पदबाट राजीनामा दिएपछि कम्पनीको सञ्चालक समिति बैठकले कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत  रहेका ज्ञवालीलाई  कायममुकायम प्रमुख कार्यकारी अधिकृत तोकेको थियो।  

उनलाई  अहिले बैंकले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको हो।