२२ जेठ, काठमाडौँ । आज एक बजेको लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको छ । सभामुख र विपक्षी दलहरूबिच छलफलमा व्यस्त भएपछि बैठक साढे ३ बजेसम्मका लागि सारिएको हो।
सभामुखको सचिवालयका अनुसार अहिले सभामुख र विपक्षी दलहरूबिच छलफल चलिरहेको छ । संसद् बैठक सञ्चालनको लागि छलफल भइरहेको हो।