२२ जेठ, काठमाडौँ । सांसद खुलाउने विषयमा नेपाली काँग्रेसका नेताहरू र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबिच छलफल भएको छ। आज सङ्घीय संसद् भवनस्थित शङ्कर हलमा दुई दलका नेताबिच छलफल भएको हो ।
एक घण्टा लामो छलफलमा भिजिट भिसा प्रकरणको विषयमा छलफल भएको बताइएको छ।
छलफलमा काँग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक घिमिरे सहभागी थिए। त्यस्तै रास्वपाको तर्फबाट उपसभापति डा स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए।
छलफल पछि थप निर्णय लिन रास्वपाका नेताहरू आन्तरिक छलफल गर्ने भनेर निस्किएको बताइएको छ।