२२ जेठ, काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो राजनीतिक जीवन समाप्त पार्न लागेकोआरोप लगाएका छन्।
पञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि उनले यस्तो बताएका हुन्।
आज बिहीबार रौतहटस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग केपी ओलीमा बदलाको भाव भएकाले आफू विरुद्ध सुरुदेखि नै लागेको बताएका हुन्। आफ्नो राजनीतिक करिअर समाप्त पार्न ओली लागि परेको अध्यक्ष नेपालको दाबी छ