२२ जेठ, काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बेल्जियमका प्याट्रिक डी वाइल्ड नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
एन्फाले आज बिहीबार महिला टोलीको प्रशिक्षकमा प्याट्रिकलाई नियुक्त गरेको जानकारी दिएको हो।
प्याट्रिकलाई तत्कालका लागि एक वर्षको जिम्मेवारी दिइएको हो। युईएफए प्रो लाइसेन्स प्याट्रिकले पहिलो पटक एसियामा राष्ट्रिय टोलीको जिम्मेवारी लिएका हुन्। उनले यसअघि क्लब फुटबल हेर्दै आएका थिए।