समाचार

प्रतिपक्षीको अवरोधका कारण शुरुहुनेबित्तिकै सांसद बैठक स्थगित 

२२ जेठ, काठमाडौँ । प्रतिपक्षी दलको अवरोधका कारण प्रतिनिधि सभाको बैठक  स्थगित भएको छ।  आज निर्धारित समय भन्दा निकै ढिला गरी सुरु भएको बैठक आज पनी अवरोध भएपछि भोली १ बजे सम्मको लागि स्थगित भएको हो।  

भिजिट भिसा प्रकरणमा सांसद बैठक प्रतिपक्षी दलहरूले अवरोध गर्दै आएका छन्।  गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनु पर्ने र छानबिन समिति गठन हुनु पर्ने माग प्रतिपक्षी दलहरूको छ।