२२ जेठ, काठमाडौं । गाजामा भएको इजरायली आक्रमणले बिहीबार प्यालेस्टिनी क्षेत्रमा कम्तीमा १० जनाको ज्यान लिएको तथा सेनाले तीव्र आक्रमण जारी राखेको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।
एजेन्सीका प्रवक्ता महमुद बासलले भने, “बिहानदेखि इजरायली आक्रमणबाट अहिलेसम्म १० जना शहीद भएका छन् ।” आक्रमणहरूले दक्षिणी सहर खान युनिस र गाजा सहर र मध्य सहर देइर अल–बालाहका घरहरूमा विस्थापित नागरिकहरूले शरण लिइरहेका क्षेत्रलाई लक्षित गरेका थिए ।
इजरायली सेनाले घटनाको बारेमा कुनै टिप्पणी गरेको छैन । हमासलाई पराजित गर्ने प्रयास स्वरुप इजरायलले पछिल्लो समयमा गाजामा आक्रमण अझ तीव्र बनाएको छ ।