आर्थिक

डिम्याट र मेरोसेयर खाता नवीकरण शुल्क बुझाउन गरिमा क्यापिटलको आग्रह

२२ जेठ, काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले डिम्याट र मेरोसेयर खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले गरिमा क्यापिटलमा डिम्याट र मेरोसेयर खाता खोलेका सम्पूर्ण ग्राहकहरूलाई असार मसान्तभित्र वार्षिक शुल्क भुक्तानी गरी नवीकरण गर्न आग्रह गरेको हो ।

असार मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरेको हितग्राहीहरूको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि Freeze गरिने कम्पनीले जनाएको छ ।

डिम्याट खाताको वार्षिक नवीकरण शुल्क एक सय रुपैयाँ प्रतिखाता रहेको छ भने मेरो सेयर खाताको वार्षिक नवीकरण शुल्क ५० रुपैयाँ प्रतिखाता रहेको छ ।

साथै गरिमा क्यापिटलले सञ्चालन गरेको योजनाअन्तर्गत ग्राहकहरूले मात्र एक हजार ९९९ रुपैयाँमा १० बर्षको लागि र ४९९ रुपैयाँमा मेरो सेयर खाता नवीकरण गर्न सकिनेछ ।

गरिमा क्यापिटलको कमलपोखरी, काठमाडौँ स्थित केन्द्रीय कार्यालय वा गरिमा विकास बैंक लिमिटडका देशैभर फैलिएका शाखा कार्यालयहरू वा गरिमा क्यापिटल लिमिटेडको वेवसाईट धधध।नबचष्mबअबउष्तब।िअयm वा मोवाइल वालेट भ्–क्भधब, प्जबतिष्, क्ष्ःभ् एबथ, एचबदजग एबथ, ऋयललभअत क्ष्एक् जस्ता विद्युतीय माध्यमको प्रयोग गरी भुक्तानी गर्न सकिनेछ ।