आर्थिक

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यहरुलाई विभिन्न सेवाहरुमा बिशेष छुट दिने घोषणा

२३ जेठ, काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन बिच व्यावसायिक सम्झौता भएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन बिच विस्तारित बैंकिंग सेवा प्रदान गर्ने उद्देश्य राखी सो सम्झौता भएको हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री ज्योति प्रकाश पाण्डे र इन्जिनियर्स एसोसिएसन तर्फ अध्यक्ष ई. श्री सुभाष चन्द्र बरालबाट हस्ताक्षर भइ सो व्यावसायिक सेवा आरम्भ गरिएको छ ।

यस सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गरिएको छ । सोहि सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरु मार्फत प्रोफेशनल बचत खाता खोलि दस लाखको दुर्घटना बिमा सुविधा सहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा, र डेबिट/क्रेडिट काडर्, मोबाइल बैकिङ्गमा विशेष छुटको व्यवस्था रहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए।

यो सम्झौताबाट नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यहरुले प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ ।