समाचार

संसद् बैठक बस्नु अघि विपक्षी दलहरूको बैठक बानेश्वरमा

२३ जेठ, काठमाडौँ। संसद् बैठक बस्नु अघि विपक्षी दलहरूको बैठक बसेको छ। संसद् भवन नयाँ बानेश्वरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यकक्षमा बैठक सुरु भएको हो। 

 बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी भएका छन्। भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा सरकारको जवाफ माग्दै आएका छन् ।

 विपक्षी दलहरू पछिल्लो समय सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्ने प्रतिबद्धता जनाए सदन चल्न दिने बताई रहेका छन् भने सरकार पक्ष अख्तियारले छानबिन अघि बढाएकाले अर्को समिति बनाउन जरुरी नभएको बताइरहेको छ। 

संसद् बैठक १ बजे बस्ने भने पनि अझै बस्न सकेको छैन।