२३ जेठ, काठमाडौँ। दक्षिण कोरिया अध्ययन गर्न चाहने विद्यार्थीहरूले भक्तपुरको सानोठिमीस्थित एनओसी शाखामा नाराबाजी गरेका छन्। डी–२ र डी–४ भिसाको अध्ययन अनुमति पत्र (एनओसी) स्थगित भएपछि उनीहरू आन्दोलित भएका हुन्।
एनओसी शाखामा पुगेर विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले ‘हाम्रो बाटो नछेक। एनओसी हाम्रो अधिकार हो । शिक्षा हाम्रो अधिकार हो,’ भन्दै नारा लगाएका थिए।
विज्ञान तथा प्रविधि मन्त्रालयले गत २८ वैशाखमा शिक्षा,दक्षिण कोरियाको लागि डी–२ र डी–४ भिसाको लागि एनओसी रोक्ने निर्णय गरेको थियो।
सरकारको निर्णयको विरुद्ध केही विद्यार्थी सर्वोच्च अदालत गएका थिए । तर अदालतले निवेदक ८ जनालाई मात्रै एनओसी दिनु भन्ने आदेश दिएकाले अरूको हकमा स्थगित यथावत् रहेको हो।